PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

सुजाताको स्वरमा ११ वर्षपछि ‘मेरो बोली सुन्दा’ गीतको फिमेल भर्सन सार्वजनिक



पहिलोपोस्ट

सुजाताको स्वरमा ११ वर्षपछि ‘मेरो बोली सुन्दा’ गीतको फिमेल भर्सन सार्वजनिक

काठमाडौं : लोकप्रिय गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ। यस गीतको मेल भर्सन ११ वर्षअघि गायक रुपक डोटेलको स्वरमा रेकर्ड भएको थियो। जुन गीत दर्शकले निकै रुचाएका थिए।

सार्वजनिक गीतमा गायिका सुजाता केसीको स्वर सुन्न सकिन्छ। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा नरहरि प्रेमीको संगीत रहेको छ।गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

गीतको भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीको अभिनय रहेको छ। भिडियोमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ।

सुजन श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन्। भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुरालेु’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell