PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

देउवालाई समितिमा बोलाउन माग गर्दै ज्ञवालीको प्रश्न : एसपीपीको १० बुँदा सेनालाई कमजोर बनाउन ल्याइएको त होइन ?



पहिलोपोस्ट

देउवालाई समितिमा बोलाउन माग गर्दै ज्ञवालीको प्रश्न : एसपीपीको १० बुँदा सेनालाई कमजोर बनाउन ल्याइएको त होइन ?

काठमाडौं : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री  शेरबहादुर देउवालाई संसदीय समितिको बैठकमा आग्रह गरेका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) विवादबारे छलफलका क्रममा उनले प्रधानमन्त्रीलाई बैठकमा आउन भनेका हुन्।

शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो। आज भने प्रधानमन्त्री देउवालाई बोलाइएको थियो। तर, उनी उपस्थित भएनन्।

देउवा नआएकोप्रति आपत्ति जनाउँदै उनले भने, ‘प्रधानमन्त्री नआउने उचित भएन। प्रधानमन्त्रीलाई अप्ठेरो पर्दा समय मिलाउन पर्छ। प्रधानमन्त्रीले फेरि पनि आउनै पर्छ।’

बैठकमा ज्ञवालीले समितिले फेरि देउवालाई बोलाउने निर्माण गर्नुपर्ने माग राखेका छन्।

‘उहाँलाई बोलाउने निर्णय गर्नु पर्छ। यस्तो बेलामा भ्रमण गर्दा सिंगो राष्ट्रको स्ट्रेन्थ लिएर जानुस। सबै दलको समझदारी सहित जाँदा भ्रमण फलदायी हुन्छ,’ उनले भने।

ज्ञवालीले एसपीपीबारे बाहिरिएको १० बुँदे प्रस्तावबारे पनि छलफल हुनुपर्ने माग राखे।

‘यो उठ्यो कहाँबाट? कसरी ककसका हातबाट पुग्यो। यसबारे छलफल गर्नैपर्छ। यो स्किप गर्न हुँदैन। यसको खोजी गरिनु पर्छ। कतै सेनालाई कमजोर बनाउन त यो ल्याइएको होइन?’ उनले प्रश्न गरे।

एसपीपीबारे बाहिरिएको १० बुँदा प्रस्ताव सेनाले नक्कली हो भनेर सेनाले स्पष्ट गरिसकेको छ। त्यसैकारण ज्ञवालीले पत्रबारे छानबिन हुनुपर्ने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell