PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप



पहिलोपोस्ट

एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको आरोप लगाएका छन्। पर्साको वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा महतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपीबारे पत्रचार भएको बताए।

भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ। तर एजेन्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेन्डा बनाउन खोज्यो।’

उनले एमालेले सरकारविरुद्ध आगामी संसदीय निर्वाचनलाई लक्षित गरेर अनर्गल प्रचारमा लागेको पनि आरोप लगाए।

नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति संचालनमा जोड दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell