PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

एसपीपीले नेपाली समाजमा एउटा नयाँ तरंग पैदा गर्‍यो : माधव नेपाल



पहिलोपोस्ट

एसपीपीले नेपाली समाजमा एउटा नयाँ तरंग पैदा गर्‍यो : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)ले नेपालमा तरंग पैदा गरेको बताएका छन्। समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको सम्पादकसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यसबारे गठबन्धनमा छलफल गर्नेबारे कुरा भएको बताए।

नेपालमा देशभक्तिको भावनाले काम गरिरहेको भन्दै उनले जनताको चाहनालाई पार्टीहरुले गहिरो गरी बुझ्नुपर्ने बताए।

उनले भने, ‘एसपीपीले पनि एउटा नयाँ तरंग पैदा गरेको छ। अहिले पनि नेपाली समाज तरंगित छ। नेपालमा सबैभन्दा ठूलो कुरो नेपाली देशभक्तिको भावनाले काम गरिराछ। देशभक्तिमा आँच पुग्ने, राष्ट्रिय हितमा कुठाराघात पुग्ने काम गर्‍यो भने, नेपाल कुनै पनि हिसाबबाट द्वन्द्वको अखडातर्फ धकेलिने स्थितिमा पुग्यो कि भन्ने आशंका छ।’

उनले अगाडि भने, ‘यसअर्थ जनमानसका आशंका र चिन्ताहरुलाई हामीले सहज र स्वभाविक रुपमा लिनुपर्छ। जनताको चाहनालाई पार्टीहरुले गहिरो गरी बुझ्नुपर्छ। र, त्यो चिन्तालाई हामीले उचित ढंगले सम्बोधन गर्ने काम गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell