PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

आठवटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेश



पहिलोपोस्ट

 आठवटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेश

काठमाडौं : विधायन व्यवस्थापन समितिले ८ वटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेश गरेको छ।

विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ का प्रतिवेदनहरु आईतबार राष्ट्रियसभा बैठकमा पेश गरेको हो।

विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरि तयार गरिएको प्रतिवेदनहरु राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए।

राष्ट्रियसभाको अर्को बैठक असार ६ गते (भोलि) अपरान्ह १ बजेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell