PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर कीर्तिपुरको जग्गा किनबेच : प्रहरीद्वारा गिरोहमा संलग्न पाँचजना पक्राउ



पहिलोपोस्ट

जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर कीर्तिपुरको जग्गा किनबेच : प्रहरीद्वारा गिरोहमा संलग्न पाँचजना पक्राउ

काठमाडौं : प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ।

कीर्तिपुरमा रहेको करिब ७ करोड मूल्य पर्ने जग्गा नक्कली कागज बनाएर बिक्री गरेको खुलेको हो। पक्राउ पर्नेमा ५६ वर्षीय महावीर चन्द,  ४१ वर्षीय गणेश बहादुर खनाल, ४० वर्षीय बाबुराम कार्की, ४६ वर्षीय प्रेम प्रसाद खनाल र ५८ वर्षीय डासी माया श्रेष्ठ रहेका छन्।

२०५५ सालदेखि शान्तादेवी लोहनीको सपरिवार जापानमा बस्दै आएको थियो। पक्राउ परेकाहरुले शान्तादेवीको नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएर भक्तपुरको सुनिता कर्माचार्यलाई जग्गा बिक्री गरेका थिए।

२४ वर्षपछि नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा बेचिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिइन्। लोहनीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा असार १ गते उजुरी दिएकी थिइन्।

नेपाल आएपछि लोहनी जेठ १३ गते मालपोत कार्यालय कलंकी पुगेकी थिइन्। सक्कल पुर्जा देखाई बायोमेट्रीक प्रणाली मार्फत अभिलेखन गर्ने क्रममा मालपोत कार्यालय, कंलकीले सो जग्गा शान्ता देवी लोहनीको नामबाट मृत्यु नामसारी भइसकेको जनाएको थियो। त्यसपछि सो जग्गा भक्तपुर निवासी सुनिता कर्मचार्यलाई बिक्री गरेको खुलेको थियो। सुनितालाई पक्राउ परेकाहरुले २०७७ साल फागुन १० गते ३ करोड ७० लाख रुपैयाँमा जग्गा बिक्री गरेका थिए।

पक्राउ पर्ने मध्ये गणेश बहादुर खनाल यो गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। उनले जग्गा खरिद गर्ने व्यक्ति खोज्ने र आर्थिक कारोवारको व्यवस्थानपन हेर्ने गर्ने। यस्तै, बाबुराम कार्की पनि समूहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। उनले नक्कली कागजपत्र बकनाउने र मालपोत कार्यालयमा समन्वय गर्ने गरेका थिए। महावीर चन्दले यो योजनामा शान्तादेवीको श्रीमान हुँ भनी नक्कली तारानिधि लोहनीको भूमिका निर्वाह गरेका थिए।

पक्राउ परेका व्यक्तिहरुसँग नक्कली नागरिकताको प्रमाणपत्र, नक्कली जग्गाधनी प्रमाणपत्र लगायतका कागजपत्र बरामद भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell