PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बलियो नेपाल कपको उपाधि मधेश प्रदेशलाई



पहिलोपोस्ट

बलियो नेपाल कपको उपाधि मधेश प्रदेशलाई

काठमाडौं: बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ। आईतवार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो।

मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। उसका आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ मधेसका साईमन रोयले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट हात पारे।

जवाफमा ९६ रनको लक्ष्य मधेशले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रञ्जन यादवले ३४ रनको पारि खेले। बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन्।

प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट मधेश प्रदेशका साईमन रोय घोषित भए भने बलियो ११ का जेनिश मगर, कमल शाही र बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell