PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अमेरिकाले नेपाललाई दियो २२ लाख खोप, ५ देखि ११ वर्षका बालबालिकालाई दिइने



पहिलोपोस्ट

अमेरिकाले नेपाललाई दियो २२ लाख खोप, ५ देखि ११ वर्षका बालबालिकालाई दिइने
Photo : US embassy

काठमाडौं : अमेरिकाले नेपाललाई करिब २२ लाख खोप अनुदान सहयोगमा उपलब्ध गराएको छ। ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

हालसम्म अमेरिकाले नेपाललाई फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्रा प्रदान गरिसकेको छ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले बाल फाइजर खोप अभियान संचालनका लागि विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell