PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण



पहिलोपोस्ट

बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण

काठमाडौं : भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ।

भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको थियो। स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजा सहित गोल्मढीमा रहेको बो सिंहको मूर्तिहरु पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए। 

स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापन समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell