PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

समालोचनाबारे चर्चासँगै इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक



पहिलोपोस्ट

समालोचनाबारे चर्चासँगै  इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक

काठमाडौं : नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले समालोचना विधाको विकासका लागि समालोचकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका हुन्। राजोपाध्याय समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस विधाको विकास हुन नसकेको विचार राखेका थिए।

कार्यक्रममा स्वर्गीय इतिहासविद् गोवर्धन शर्माबाट लिखित समालोचना पुस्तक उपन्यासया चाकलय् गिरिजाको विमोचन गरिएको थियो। विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित उपन्यासहरुको स्व. इतिहासविद् सह प्राध्यापक शर्माले समालोचना गरेका छन्।

सोही कार्यक्रममा महामारीको समयमा संक्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरुलाई र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो। मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरु रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell