
काठमाडौं : पहिरोको कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात संचालनमा आएको छ। पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा -भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनः संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा गत मंगलबार वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको थियो। हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।
यस्तै पहिराकै कारण केही दिनदेखि अवरुद्ध कान्ति राजपथ सडकखण्डमा पनि आजदेखि यातायात संचअलनमा आएको छ।