PahiloPost

Jun 23, 2024 | १० असार २०८१

दिनभर पेट्रोलपम्प बन्द, मध्यरातमा ह्वात्तै बढाइयो इन्धनको मूल्य : पेट्रोलको १९९ रुपैयाँ, डिजेलको १९२ रुपैयाँ पुग्यो



पहिलोपोस्ट

दिनभर पेट्रोलपम्प बन्द, मध्यरातमा ह्वात्तै बढाइयो इन्धनको मूल्य : पेट्रोलको १९९ रुपैयाँ, डिजेलको १९२ रुपैयाँ  पुग्यो

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ। आइतवार मध्यरातमा निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो। निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ। एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो।

असार ५ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ।

इन्धनको मूल्यवृद्धि हुने सूचनाका कारण आज दिउँसोदेखि नै पेट्रोल पम्पहरुले इन्धन विक्रीमा रोक लगाएको थियो।

यसबाहेक हवाई इन्धन पनि आन्तरिकतर्फ लिटरमा १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ भने वाह्यतर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलरले बढाएर १६४५ डलर पुर्‍याएको छ।

एलपी ग्यासको मूल्य भने निगमले तत्काललाई यथावत राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell