PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

कपिलवस्तुमा पहिरोले बगाउँदा दुई जना भारतीय नागरिक बेपत्ता



रासस

कपिलवस्तुमा पहिरोले बगाउँदा दुई जना भारतीय नागरिक बेपत्ता
फाइल फोटो।

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका-१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन्।

प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिरोले बगाएको हो। भारतको सिद्धार्थनगर जिल्ला बस्ने १७ वर्षीय निखिल कौशाल र १८ वर्षीय सुरज सोनी बेपत्ता भएका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने खोलामा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिरोले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell