PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

१० दिन नबित्दै फेरि बढ्यो गाडीभाडा : ढुवानी साधनमा ७.७ र यात्रुवाहकमा ५.३० प्रतिशतले वृद्धि



पहिलोपोस्ट

१० दिन नबित्दै फेरि बढ्यो गाडीभाडा : ढुवानी साधनमा ७.७ र यात्रुवाहकमा ५.३० प्रतिशतले वृद्धि

काठमाडौं : गएरातिबाट इन्धनको मूल्य बढेपछि पछिल्लो पटक बढाएको १० दिन नपुग्दै सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। सोमवारदेखि लागू हुने गरी यात्रुवाहक सवारी साधनको भाडा ५.३० प्रतिशतले बढेको हो।

पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको ६.४९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७.७ प्रतिशत भाडा वृद्धि भएको छ। नेपाल आयल निगमले आइतवार राति पेट्रोल लिटरको २१ रुपैयाँ र डिजल २७ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।

मूल्य बढेसँगै पेट्रोल १९९ रुपैयाँ लिटर र डिजल १९२ रुपैयाँ प्रतिलिटर पुगेको छ। बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ। स्थानीय रुटमा संचालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell