PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

देशलाई अस्थिरतातर्फ लैजानेलाई पराजित गर्ने अभियानमा लागेको छु : रामचन्द्र पौडेल



पहिलोपोस्ट

देशलाई अस्थिरतातर्फ लैजानेलाई पराजित गर्ने अभियानमा लागेको छु : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजानेलाई पराजित गर्ने अभियानमा आफू लागिपरेको बताएका छन्।

गृह जिल्ला पुगेका पौडेलले आज निवासमा संचारकर्मीसँगको छलफलका क्रममा देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताए। देशलाई सफल र समृद्ध बनाउने आफ्नो एकमात्र लक्ष्य रहेको उनले बताएका हुन्।

‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ। म त्यही अभियानमा निरन्तर लागिरहेको छु,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell