PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

एमाले सचिव पद्मा अर्यालको प्रश्न : यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईपर्‍यो?



पहिलोपोस्ट

एमाले सचिव पद्मा अर्यालको प्रश्न : यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईपर्‍यो?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ। सोमवार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी हुन्।

त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गरे। सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन्। उनले सरकारले सो जवाफ नदिँदासम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताइन्।

सचिव अर्यालले भनिन्, ‘आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ। यो कुरालाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन। हामीले जनताको आवाजहरु यो संसदमा बोल्नैपर्ने हुन्छ। त्यसैले मैले जनताको तर्फबाट, नेकपा एमालेको तर्फबाट सभामुखमार्फत् यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईपर्‍यो? यसको जवाफ चाहन्छौं हामी। नेकपा एमालेले यसको सही जवाफ नपाउँदासम्म, चित्त नबुझ्दासम्म सदन चल्न सक्दैन’

त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए। सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्यबारे सदनलाई जानकारी सरकारलाई रुलिङ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell