PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

किन बढ्दैछ इन्धनको मूल्य? जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



पहिलोपोस्ट

किन बढ्दैछ इन्धनको मूल्य? जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। पटक-पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेका हुन्।

सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु। यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेश गर्न निर्देश गर्दछु।’

नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। उक्त मूल्यवृद्धिलाई लिएर सदनदेखि सडकसम्म विरोध भइरहेको छ।

आइतवार मध्यरातमा निगमले पेट्रोल एक लिटरमा हालसम्मकै बढी २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँले बढाएको हो। यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell