
हेटौंडा : मकवानपुर प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँ बस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार रुम्बालाई २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।
रुम्बामाथि ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगेर जबरजस्ती करणी गरेको आरोप छ। प्रहरीले हाल घटनाबारे अनुसन्धान गरिरहेको छ।