PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

भैसें-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध



पहिलोपोस्ट

भैसें-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध

हेटौंडा : वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरको भैसें-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ। उक्त सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित पान्द्राङमा आज दिउँसो वर्षासँगै आएको पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

उक्त स्थानमा हाल पानी परिरहेको कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको र पानी रोकिए पश्चात सडक विभागका प्राविधिकहरुले पहिरो हटाउने भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell