PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा सडकमा विद्यार्थी, प्रहरी र प्रदर्शनकारीबिच टायर खोसाखोस

इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा सडकमा विद्यार्थी, प्रहरी र प्रदर्शनकारीबिच टायर खोसाखोस

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : गए रातिबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले आज दिउँसो टेकुस्थित आयल निगमको कार्यालय बाहिर मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले सडकमा टायर बालेर विरोध जनाएका थिए। प्रर्दशनलाई नियन्त्रण गर्नको लागि खटिएको सुरक्षाकर्मीले बालिएको टायरलाई लात्ताले हानेर नियन्त्रण गर्न खोजेको दृष्य देखिन्थ्यो। त्यसक्रममा उनीहरुले सरकार विरुद्ध नारा लगाउँदै विरोध गरेका थिए।

त्यस्तै घण्टाघर स्थित त्रिचन्द्र कलेज अगाडि पनि विभिन्न विद्यार्थी संगठनले प्रर्दशन गरेका छन्।

निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ। एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो। यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ।

आज बसेको प्रतिनिधिसभामा पनि सांसदहरुले इन्धनमा भएको मूल्य वृद्धिको विरोध गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell