PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ग्यासमा दुई थरी मूल्य कायम गर्दै आयल निगम : गरिबलाई सस्तो, धनीलाई महँगो



पहिलोपोस्ट

ग्यासमा दुई थरी मूल्य कायम गर्दै आयल निगम : गरिबलाई सस्तो, धनीलाई महँगो
फाइल फोटो।

काठमाडौं : नेपाल आयल निगमले घाटा चुलिएपछि ग्यासको दोहोरो मूल्य कायम गर्ने भएको छ।

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्यासको मूल्य दुईथरी कायम गर्ने तयारी भइरहेको बताएका छन्। सोमवार पत्रकार सम्मेलन गर्दै थानीले ग्यासको मूल्य दुई थरी कायम गर्न समिति गठन गरिएको बताएका हुन्।

अघिक घाटाकै कारण मूल्यवृद्धि गर्नु परेको उनले बताए। गरिब घर परिवारलाई सस्तो र धनी परिवारलाई महँगो (सम्भवत परल मूल्यमा) ग्यास बेच्ने गरी मूल्य कायम गर्ने तयारी गरिएको छ। यसकै लागि नापतौल विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ।

त्यसैगरी, पूर्वाधार कर समायोजन गरेको रकम अर्थ मन्त्रालयसँग शोधभर्ना लिने निगमले जनाएको छ। ४५ दिनको प्रतिलिटर १० रुपैयाँ शोधभर्ना गर्ने तयारी निगमको छ।

धेरै मूल्य बढाउँदा पनि जनाताले धैर्य गरेकोमा धन्यवाद दिँदै थानीले यति धेरै कर लगाउँदा अप्ठ्यारो भइरहेको प्रतिक्रिया दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell