PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आफ्नै बचन लत्याउँदै मूल्यवृद्धि गरेर अर्थमन्त्रीले संसदको अपमान गरे : प्रदीप ज्ञवाली



पहिलोपोस्ट

आफ्नै बचन लत्याउँदै मूल्यवृद्धि गरेर अर्थमन्त्रीले संसदको अपमान गरे : प्रदीप ज्ञवाली
फाइल फोटो।

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गरेको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने बचन दिएको भएपनि सो बचन लत्याउँदै मूल्यवृद्धि गर्नुले संसदको समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो।

सोमवार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले पेट्रोलियम पदार्थमा फेरी पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाए। उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताए।

उनले आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्प समेत प्रस्तुत गरे।

उनले भने, ‘अर्थमन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा मौखिक रुपमा पेट्रोलियम पदार्थको मूल्य मैले समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो। संसदको स्पष्ट निर्देशन र सदन समक्ष अर्थमन्त्रीले बजेट वक्तव्य पेश गर्दा बोलेको कुरालाई समेत लत्याउँदै जुन ढंगको मुल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो। यो वास्तवमा संसदको पनि अपमान हो।’

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरुले आवाज उठाएको भन्दै सरकारले यसलाई गम्भीरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell