PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्बाङ प्यानलका खड्का निर्वाचित



पहिलोपोस्ट

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्बाङ प्यानलका खड्का निर्वाचित

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का विजयी भएका छन्। पंकजविक्रम नेम्बाङ प्यानलका खड्काले कर्माछिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले कुल ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गरे।

अध्यक्षमा भने यसअघि नै नेम्बाङले बाजी मारिसकेका छन्। उनले आज सम्पन्न निर्वाचनबाट पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्बाङ विजयी भएका हुन्।

नेम्बाङले कुल ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे। त्यस्तै अर्का उम्मेद्वार राजीव पौड्यालले कुनै मत प्राप्त गरेनन्। कुल ८४ जना मतदाता रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell