PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मिस नेपाल प्रियंका भन्छिन् : नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर छोड्ने छैन



पहिलोपोस्ट

मिस नेपाल प्रियंका भन्छिन् : नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर छोड्ने छैन

काठमाडौं : ‘मिस नेपाल वर्ल्ड २०२२’की विजेता प्रियंका रानी जोशीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताएकी छिन्। हिजो जोशीलाई बाजागाजासहित अनामनगरस्थित जन्म घरमा भित्र्याइएको थियो। सोही क्रममा उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर नछोड्ने बताएकी छिन्।

मिस नेपाल वर्ल्ड बन्ने वर्षौंदेखिको सपना साकार हुँदा आफूसँग कुनै शब्द नै नरहेको उनले बताइन्। साथै, प्रियंकाले आफ्नो मिस वर्ल्डको योजनाबारे समेत सुनाइन्।

‘म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन। अबको तयारी मिस वर्ल्डको छ। यसका लागि म जुटेरै लाग्ने छु। मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोशिश गर्नेछु,’ उनले भनिन्।

मिस नेपाल जिताउनका लागि आफूलाई भोट गर्ने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell