PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

रसियाका पत्रकार डिमिट्रीले लिलामी गरे नोबेल शान्ति पदक



पहिलोपोस्ट

रसियाका पत्रकार डिमिट्रीले लिलामी गरे नोबेल शान्ति पदक

सन् २०२१ का नोबेल शान्ति पुरस्कार विजेता डिमिट्री मुराटोभले आफ्नो पदक लिलामी गरेका छन्। स्वतन्त्र समाचारपत्र  नोभाया ग्याजेटका प्रधान सम्पादक नोभायालाई रसियामा वाक स्वतन्त्रको लागि लडाइँ लडेको भन्दै फिलिपिन्सकी पत्रकार मारिया रेस्सासँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको थियो।

नोबेल शान्ति पुरस्कार मेडल १०३.५ मिलियन डलरमा लिलामी भएको बीबीसीले उल्लेख गरेको छ। लिलामीबाट उठेको रकमलाई उनले रसिया-युक्रेन युद्धबाट प्रभावितहरुलाई सहयोग गर्ने बताएका छन्।

रसियाले युक्रेनमाथि आक्रमण सुरु गरेपछि गत मार्चमा नोभायाको प्रकाशन बन्द भएको थियो।

लिलामीका पदक किन्ने व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell