PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पुराना कुनै राजनीतिक दलमा प्रवेश गर्दिन, व्यवस्था बदल्न पनि आएको होइन : रवि लामिछाने



पहिलोपोस्ट

 पुराना कुनै राजनीतिक दलमा प्रवेश गर्दिन, व्यवस्था बदल्न पनि आएको होइन : रवि लामिछाने

काठमाडौं : पत्रकारिता छाडेर राजनीतिमा होमिएका पत्रकार रवि लामिछानेले व्यवस्था बदल्न नभइ अवस्था बदल्न राजनीतिमा लागेको बताएका छन्।

राष्ट्रिय सभागृहमा आफ्नो राजनीतिक यात्राका बारेमा जानकारी दिँदै लामिछानेले अरु दलसँग पनि छलफल गरेको भए पनि आफू आशावादी नभएको बताए। त्यसैले व्यवस्था परिवर्तनको मुद्दा आफ्नो नभएको लामिछानेको भनाइ छ।

'व्यवस्था परिवर्तन गर्न आएको होइन। व्यवस्था बदल्नु छैन। अवस्था बदल्नु छ,'लामिछानेले भने। 

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्न कायमै रहेको बताए। 'नाम लिएर आफ्नो जीवन उकासेकाहरुका लागि मेरो प्रश्न कायमै छ,'उनले भने।

लामिछानेले अरु राजनीतिक दलसँग पनि यसअघि आफूले छलफल गरेको भए पनि उनीहरुसँग सहकार्य नभएको जानकारी दिए। 

लामिछानेले आफू अहिलेसम्म दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा समेत गरेका छन्। 'दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिन,राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन्। आफ्ना पार्टी भित्र आलोचना गर्न पर्खेर बसे। सबैभन्दा ठुलो नेताको मृत्यु भएपछि ठुलो ठाउँमा पुग्छु भनेर बस्दै,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell