PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

दुबईमा नेपाली कलाकारहरुको 'टुरिजम टुर'



पहिलोपोस्ट

दुबईमा नेपाली कलाकारहरुको 'टुरिजम टुर'

काठमाडौं : दुबईमा आगामी भदौमा बृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। अगष्ट २१ अर्थात भदौ ५ गते दुबईको वर्ल्ड  ट्रेड सेन्टरमा आयोजना हुने ‘नेपाल ईभ टुरिजम टुर दुबई - २०२२’ मा नेपाली कलाकारहरूले प्रस्तुती दिनेछन्।

कार्यक्रममा अभिनेता राजेश हमालसहित अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, गायक शिव परियार, हास्य कलाकार सन्दीप क्षेत्री, गायक खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, स्मिता दाहाल, मोडल अञ्जली अधिकारी, तेरिया मगर लगायतका कलाकारहरूले  प्रत्यक्ष प्रस्तुति दिने बताइएको छ।  

यो कार्यक्रम ‘ड्रिमहाई नेपाल’ आयोजना गर्न लागेको हो। जसलाई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले संयोजन गरिरहेको छ। नेपालको पर्यटन प्रवर्द्धन गर्ने सँगै नेपालका सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स प्रदानको उद्धेश्य राखेर कार्यक्रम गर्न लागिएको ड्रिमहाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए।

कार्यक्रमका लागि ४ प्रकारका टिकटको व्यवस्था गरिएको छ। कार्यक्रममा सहभागीता जनाउनेहरुका लागि युएईका सबै राज्यबाट निःशुल्क बसको व्यवस्था गरिएको बताइएको छ। दुबईको कार्यक्रमपछि विश्वका अन्य केही मुलुकहरुमा पनि यही कार्यक्रम गर्ने आयोजकको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell