PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

नेपाललाई आर्थिकभन्दा प्राविधिक सहयोग उपलब्ध गराउने स्वीटजरल्याण्डको चाहना



पहिलोपोस्ट

नेपाललाई आर्थिकभन्दा प्राविधिक सहयोग उपलब्ध गराउने स्वीटजरल्याण्डको चाहना

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ।

स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा राखेकी छिन्। नेपाल जलवायु परिवर्तनको असरले ठूलो समस्यामा पर्दै गएको उल्लेख गर्दै उनले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको बताए।

‘हाम्रो पहाडमा पहिरो, तराईमा बाढी, तापक्रममा वृद्धिजस्ता जलवायु परिवर्तनका असर धेरै देखिन थालेका छन्। यस्ता समस्याको समाधान खोज्न आवश्यक छ। यी विषयमा नेपाल र स्वीस सरकार सहकार्य गरेर जानुपर्छ,’ भुसालले भनिन्।

सो अवसरमा राजदूत क्याप्लरले नेपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्वीस सरकारले निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास व्यक्त गरेकी थिइन्।

‘हामीसँग टनेल एवं टवाईनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसलाई नेपालमा सहयोग गर्न चाहन्छौँ,’ राजदूत क्याप्लरले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell