PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रवि लामिछानेको पार्टी घोषणा कार्यक्रममा देखिएको दृष्य…

रवि लामिछानेको पार्टी घोषणा कार्यक्रममा देखिएको दृष्य…

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। आज दिउँसो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले 'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा गरेका हुन्।

टेलिभिजन क्षेत्रबाट राजनीतिमा होमिएका लामिछानेको घोषणासभा कार्यक्रममा सयौँको सङ्ख्यामा मानिसहरुको उपस्थिति देखिन्थ्यो। सभागृहको भित्रीहलमा मानिसहरु नअटाएपछि सभागृहको प्राङ्गणमा पनि मानिस खचाखच थिए।

उनले आफू पुराना राजनीतिक दलमा प्रवेश नगर्ने भन्दै नयाँ राजनीतिक दल बनाएको बताए। उनले स्वतन्त्र उम्मेदवारलाई पनि आफूले स्वागत गर्ने बताए।

आफ्नो राजनीतिक दल घोषणा कार्यक्रमअघि रवि पशुपतिनाथ मन्दिरमा पुगेका थिए। लामिछानेले आफू अहिलेसम्म दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा समेत गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell