PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'तीतो सत्य'का राजले गरे अभिनेत्री सुनिशासँग विवाह



पहिलोपोस्ट

'तीतो सत्य'का राजले गरे अभिनेत्री सुनिशासँग विवाह
Photo: dipa shree niroula

काठमाडौं :  टेलिश्रृखंला ‘तीतो सत्य’ मा बाल कलाकारको भूमिका निर्वाह गरेका राज आचार्य वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले अभिनेत्री तथा मोडल सुनिशा बजगाईंसँग मंगलवार बिहे गरेका हुन्।

कालोपुलस्थित शुवम् पार्टी प्यालेसमा परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरूको विवाह समारोह भएको हो। विवाहमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारहरूको उपस्थित छन्।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले बिहेका फोटोहरू फेसबुकमा हाल्दै बधाई तथा शुभकामना दिएकी छिन्।

राज र सुनिशा केही वर्षदेखि प्रेममा थिए। उनीहरूले प्रेमसम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन्।

सुनिशाले फिल्म ‘इन्टुमिन्टु लण्डनमा’,केही सर्ट फिल्म  र म्युजिक भिडियोमा  काम गरिसकेकी छिन्। राज र सुनिशाले 'नजिक आउन तिमी' गीतको भिडियोमा समेत एकसाथ अभिनय गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell