PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा भने स्थान सुरक्षित



पहिलोपोस्ट

हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा भने स्थान सुरक्षित
तस्बीर: क्यान

काठमाडौं: मलेसियामा जारी एसीसी महिला टी २० च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग पराजित भएको छ। किनरारा ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली हङकङसँग ७ विकेट पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३२ रन बनाउँदा ओपनर बिन्दु रावलले २३ रन बनाइन्। त्यस्तै अप्सरी बेगम २२ रनमा अविजित रहँदा अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्। बलिङतर्फ बेट्टी चेनले २ विकेट लिँदा मर्यम बिबी र एल्सा हुब्बर्डले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुबाटै आक्रामक ब्याटिङ गरेको हङकङका लागि मेरिको हिलले सर्वाधिक ४५ रन बनाउँदा नताशा मिल्स २८ रनमा अविजित रहिन्। त्यस्तै कप्तान केरी चेनले १७ र बेला पोनले ९ रन बनाए। बलिङतर्फ नेपालका संगीता राईले २ विकेट लिँदा सीता राना मगरले १ विकेट लिइन्।

पराजयको बावजुत नेपालले शीर्ष दुईमा रहँदै सेमिफाइनलमा स्थान भने बनाएको छ। दोस्रो भएको अवस्थामा सेमीफाइनलमा नेपालले समूह 'ए' को विजेतासँग खेल्नेछ। फाइनल पुग्ने टोलीले एसिया कप खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell