PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

असाममा बाढी : उद्धारकार्य जारी, ७४ जनाको मृत्यु



पहिलोपोस्ट

असाममा बाढी : उद्धारकार्य जारी, ७४ जनाको मृत्यु
Photo : Getty Images

काठमाडौं : भारतको असाममा गएको बाढीले लाखौं मानिस प्रभावित भएका छन्। करिब एकहप्ता अघि अविरल वर्षसँगै असाममा बाढी जान सुरु भएको थियो। बाढीका कारण सडक जलमग्न भएका छन् भने घरहरु डुबेका छन्।

असामको ३५ मध्ये ३३ जिल्ला बाढीबाट प्रभावित भएका छन्। बाढी र पहिरोका कारण सोमवारसम्म ७३ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

बाढी प्रभावितहरुलाई पुन:स्थापना गर्न हाल ७४४ राहत क्याम्प निर्माण गरिएको छ। बाढी गएको क्षेत्रबाट हालसम्म ३० हजार मानिसको उद्धार गरिएको प्रहरीले जनाएको छ।

हाल पनि कोपिली, ब्रह्मपुत्रसँगै अन्य नदीको पानीको बहाव उच्च रहेको छ। बाढीग्रस्त क्षेत्रमा फसेकाहरुको उद्धारका लागि भारतीय सेनालाई परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell