PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

रवि लामिछानेलाई रविन्द्र मिश्रको शुभकामना : हामीले गरेको गल्तिबाट सिक्ने प्रयास गर्नू



पहिलोपोस्ट

रवि लामिछानेलाई रविन्द्र मिश्रको शुभकामना : हामीले गरेको गल्तिबाट सिक्ने प्रयास गर्नू

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका पूर्व पत्रकार रवि लामिछानेलाई विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले शुभकामना दिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले लामिछानेको राजनीतिक यात्राप्रति शुभेच्छा प्रकट गरेका हुन्।

मिश्रले आफूले गरेका गल्तिबाट सिक्न लामिछानेलाई आग्रह गरेका छन्। लामिछानेलाई आफूले सानैदेखि चिनेकाले ‘तिमी’ भनेर सम्बोधन गरेको उल्लेख गरेका छन्।

‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु,’ मिश्रले भनेका छन्।

लामिछानेले राष्ट्रिय सभागृहमा मंगलवार पार्टी घोषणा गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न ७ वटा अवधारणा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell