
काठमाडौंः डलर देखाएर ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठले डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई आठ लाख रुपैयाँ रुपैयाँ ठगी गरेको खुलेको थियो।
काठमाडौं महानगरपालिका १४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका-१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिएपछि ठगीमा परेका थिए।
श्रेष्ठ विरुद्द जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।