PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

माधव नेपालले एकदुई दिनमै मन्त्री हेरफेर हुन्छ भन्नु भएको छ : जीवनराम श्रेष्ठ



पहिलोपोस्ट

माधव नेपालले एकदुई दिनमै मन्त्री हेरफेर हुन्छ भन्नु भएको छ : जीवनराम श्रेष्ठ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनले पार्टीको निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन्।

एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, सो निर्णय कार्यान्वयन हुन सकेको छैन। श्रेष्ठ एकीकृत समावादीबाट पर्यटन मन्त्रीमा सिफारिस भएका थिए।

‘दलहरुले आफ्नो निर्णय गर्ने हो। त्यही अनुसार गठबन्धनको नेतृत्वले कार्यान्वयन गर्ने हो। त्यही अनुसार नै हुन्छ। त्यसमा कुनै दुविधा मान्नुपर्ने मैले देखेको छैन,’ उनले भने।

श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपाले एक-दुई दिनमा नै मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुने जानकारी गराउने बताएको समेत बताए।

‘चाँडै नै हाम्रो पार्टीले गरेको निर्णय अनुसार नै प्रक्रिया अगाडी बढ्छ र हेरफेर हुन्छ। मलाई हाम्रो पार्टीको अध्यक्षले के जानकारी गराउनु भएको छ भने अब एक, दुई दिन भित्रमै हुन्छ भनेर जानकारी गराउनु भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell