PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

गठबन्धन बचाउन पनि प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ : मन्त्री गहतराज



पहिलोपोस्ट

गठबन्धन बचाउन पनि प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ : मन्त्री गहतराज
फोटो : न्युज एजेन्सी नेपाल।

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताएका छन्। मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले आगामी प्रदेश र संघीय निर्वाचन छिट्टै तोक्नुपर्ने बताएका हुन्।

उनले गठबन्धनलाई भाड्ने चलखेल भइरहेको पनि बताए। गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उनले बताए।

उनले भने, ‘समग्र गठबन्धनलाई भत्काउने ढंगले, यसलाई भाड्ने ढंगले जुन खालका चलखेल भइरहेका छन्, निर्वाचनको समय पनि आइसकेको छ। अब निर्वाचनमा जाने बेला भइसक्यो, त्यसको निर्णय त उपयुक्त समयमा मन्त्रिपरिषद्ले गर्छ। गठबन्धनलाई बचाउने, अहिलेको प्रणालीलाई बचाउने, निर्वाचन प्रक्रियालाई खलबल गराउने खालको चलखेल हुन खोज्दैछ। त्यसलाई चिर्नका लागि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुन्छ।’

उनले मन्त्री परिवर्तन गर्ने पार्टीहरुको अधिकारको कुरा भएको उल्लेख गर्दै सम्बन्धित पार्टीले चाहेमा कुनैपनि बेला मन्त्री परिवर्तन हुन सक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell