PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पर्सा नापीका बिचौलिया ‘पाण्डेजी’ एक लाख २५ हजार घुससहित पक्राउ



पहिलोपोस्ट

पर्सा नापीका बिचौलिया ‘पाण्डेजी’ एक लाख २५ हजार घुससहित पक्राउ

वीरगंजः नापी कार्यालय पर्सा वीरगंजका एक जना बिचौलिया एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। वीरगंज १३ मुर्ली निवासी ६० वर्षीय ‘पाण्डेजी’ भनेर चिनिने दिनेश पाण्डेलाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले पक्राउ गरेको हो।

आदर्शनगरस्थित एभरेष्ट बैंक परिसरमा सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

वीरगंज-१५ लक्ष्मणवा निवासी राजनारायण झालाई पैसा लिएर लालपूर्जा दिने क्रममा पाण्डे पक्राउ परेका हुन्।

अभियुक्तलाई ठगी कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell