PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

'सिल्ली फो' को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'सिल्ली फो' को ट्रेलर सार्वजनिक

काठमाडौं: केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म 'सिल्ली फो' को ट्रेलर सार्वजनिक गरिएको छ। राज बहादुर साने निर्देशित फिल्मको ट्रेलरमा केकीले हिरोइन बन्न संर्घषरत् युवतीको भुमिका निर्वाह गरेकी छिन्। 

कमेडी जनरामा निर्माण भएकोे फिल्ममा भरपुर मनोरञ्जन दिनेमा आशावादी छन् साने। कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफुले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक सानेले बताए।

ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्ममा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन्। फिल्ममा केकीका साथै रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्मा लगायतका कलाकारहरूको अभिनय छ।

 दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन रहेको यो फिल्म आगामी असार ३१ गतेबाट रिलिज हुँदैछ। वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको फिल्मको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell