PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अवैध कल बाइपास गरेको आरोपमा एक भारतीय नागरिक समातिए



पहिलोपोस्ट

अवैध कल बाइपास गरेको आरोपमा एक भारतीय नागरिक समातिए

काठमाडौंः अवैध अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत उत्तर प्रदेश जौनपुरका ३८ वर्षीय ईरफान सुफियान खानलाई नियन्त्रणमा लिएको हो। उनले वीरगन्ज महानगरपालिका वडा नम्बर २ स्थित घर कोठा भाडामा लिए विभिन्न ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैर कानुनी ढङ्गबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर सञ्चालन गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनको साथबाट कल बाइपास गर्न प्रयोग हुने उपकरणसमेत बरामद गरेको छ। सुफियान खान विरुद्ध सञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell