PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

‘नेपग्याज्म लाइभ इभेन्ट’ले लियो कन्दरा ब्यान्डको व्यवस्थापनको जिम्मेवारी



पहिलोपोस्ट

‘नेपग्याज्म लाइभ इभेन्ट’ले लियो कन्दरा ब्यान्डको व्यवस्थापनको जिम्मेवारी

काठमाडौं : पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’को कन्सर्ट व्यवस्थापनको जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्टले लिएको छ। ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबिच व्यवसायिक सम्झौता भएको छ।

सम्झौतापछि कन्दराका गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई)ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए।

‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौँ। संगीत पूर्णरुपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौँ। नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबिच सहकार्य भएको हो,’ उनले भने।

एनएलईलाई व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी सुम्पेपछि आफू र ब्यान्डका अन्य सदस्य खुलेर गीत संगीतमा लागेर नयाँ पुस्तासँग जोडिने समेत उनको भनाइ छ। त्यस्तै, नेपग्याजम लाइभ इभेन्टका संस्थापकमध्येका एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै ‘कन्दरा ब्याण्ड’बाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए।

उनका अनुसार यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ। जसमा पहिलो एल्बमको टाइटल ट्रयाक ‘चञ्चले कान्छी’, दोस्रो एल्बमको टाइटल ट्रयाक ‘डाँडापारि’ र तेस्रो एल्बमको गीत ‘विदेशिएर गइन् उनी’को रिप्राइज्ड भर्सन निकाल्ने तयारी गरेको हो।

साथै, कन्दराले आफ्नो आधिकारिक लोगो पनि सार्वजनिक गरेको छ। लोगोमा संगीतको सूचकको रुपमा गितारको हेडसँग ट्यूनर्स राखिएको छ जुन नेपाली हस्तलिखित अक्षर ‘क’ संग जोडिएको छ।

सन् १९९० को दशकमा उदाएको कन्दराका लेककी हे माया, चन्चले कान्छी, तिमी पारी, हङकङ पोखरा, तगारोमा रुमाल राखी जस्ता गीतहरू चर्चित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell