PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु



पहिलोपोस्ट

अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु
PHOTO : AFGHAN GOVERNMENT NEWS AGENCY

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार मंगलवार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या अझैब बढ्न सक्छ। १५० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

अमेरिकाको भूगर्भ विभागका अनुसार ६.१ म्याग्नेट्यूडको भूकम्प गएको हो। अफगानिस्तानको तालिवान सरकारले सबैजनालाई यो अवस्थामा सहयोग गर्न आग्रह गरेको छ। सरकारको प्रवक्ता बिलाल करिमीले चारवटा राज्यमा भूकम्पको धेरै असर परेको र धेरै मानिसले ज्यान गुमाएको बताएका छन्।

दक्षिण उत्तरी शहर कोहस्ट केन्द्रविन्दु बनाएर भूकम्पको कम्पन पाकिस्तान र भारतसम्म पनि महसुस भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell