PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेल बिच घुसको 'डिल' भएको भिडियो बाहिरिएपछि बोलाइयो न्यायपरिषद बैठक



पहिलोपोस्ट

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेल बिच घुसको 'डिल' भएको भिडियो बाहिरिएपछि बोलाइयो न्यायपरिषद बैठक

काठमाडौं : काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएपछि न्यायपरिषद्को बैठक डाकिएको छ।

सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीले आज दिउँसो १ बजेका लागि न्यायपरिषद्को बैठक बोलाएका हुन्। बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा धरौटीमा रिहा गर्न रकम लेनदेनको 'डिल' भएको भिडियो सार्वजनिक भएको थियो।

भिडियोमा न्यायाधीश राजकुमार कोइराला र अधिवक्ताले १० करोड धरौटीमा तामाङलाई छोड्ने र दुई करोड रुपैयाँ राख्‍ने कुरा भएको थियो। तर. कोइरालाले घटना बाहिरिए बर्बाद हुने भन्दै प्रधान न्यायाधीशसहितको संकेत मिलेमा धरौटीमा रिहा गर्ने संकेत गरेका थिए। जिल्ला अदालतले गत पुसमा तामाङलाई पूर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको थियो।

 तामाङ हाल डिल्लीबजार कारागारमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell