PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

शङ्खरापुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु



पहिलोपोस्ट

शङ्खरापुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं : शङ्खरापुर नगरपालिका-१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मंगलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए।

टिपर चालक सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell