PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी, स्वतन्त्रको अपव्याख्या भएको दावी



पहिलोपोस्ट

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी, स्वतन्त्रको अपव्याख्या भएको दावी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। पूर्व पत्रकार रवि लामिछानेले मंगलवार निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन दिएका थिए।

स्वतन्त्र अभियान र अरु स्वतन्त्र उम्मेदवारीका लागि तयारी गरिरहेकाहरुले लामिछानेको प्रस्तावित पार्टीको नामविरुद्ध उजुरी दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

‘स्वतन्त्र अभियान र अरु तीन चार जनाले उजुरी दिनुभएको छ,’ पौडेलले भने।

स्वतन्त्र शब्दको अपव्याख्या भएको र जनतामा भ्रम पर्न गएको भन्दै उजुरी दर्ता भएको हो। लामिछानेले दर्ताका लागि प्रस्ताव गरेको नामलाई मान्यता नदिन आयोगलाई अनुरोध गरिएको छ।

‘हिजो लामिछानेले नामसहित प्रस्ताव गर्नुभयो। आज उहाँहरुले त्यो भएन भन्नुभएको छ। यसबारे छलफल हुन्छ,’ प्रवक्ता पौडेलले भने।

यसबारेमा आयोगले छलफल गरेर निरुपण गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell