PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

न्यायाधीश वकिल अडियो प्रकरण : छानबिन गरेर कारवाहीको दायरामा ल्याउन बारको माग



पहिलोपोस्ट

न्यायाधीश वकिल अडियो प्रकरण : छानबिन गरेर कारवाहीको दायरामा ल्याउन बारको माग
FILE PHOTO

काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न नेपाल बार एशोसिएसनले माग गरेको छ।

बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा धरौटीमा रिहा गर्न रकम लेनदेनको 'डिल' भएको सार्वजनिक भएको थियो। अडियोमा न्यायाधीश राजकुमार कोइराला र अधिवक्ताले १० करोड धरौटीमा तामाङलाई छोड्ने र दुई करोड रुपैयाँ राख्‍ने कुरा भएको थियो। तर. कोइरालाले घटना बाहिरिए बर्बाद हुने भन्दै प्रधान न्यायाधीशसहितको संकेत मिलेमा धरौटीमा रिहा गर्ने संकेत गरेका थिए। जिल्ला अदालतले गत पुसमा तामाङलाई पूर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको थियो।

बारले उक्त प्रकरणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै न्यायापालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीबाट हुने अवाञ्छित गतिविधिको निन्दा गरेको छ।

बारले सार्वजनिक अडियो समाचारको आधिकारिकता छानबिन गर्न र  कसैको संलग्नता पाइएमा कानुनी दायरामा ल्याउन सम्बन्धित नियमनकारी निकायसँग माग गरेको छ।

अडियो सार्वजनिक भएपछि आजै न्यायापरिषद् बैठक बोलाइएको छ। न्यायाधीशको हकमा कारवाही प्रक्रिया परिषदले गर्ने गर्छ भने अधिवक्ताको हकमा नेपाल बार एशोसिएसनले गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell