PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

अक्षय अभिनित फिल्म 'रक्षाबन्धन'को ट्रेलरमा बहिनीको बिहे गर्न दाईले गर्नुपरेको संघर्षको कथा



पहिलोपोस्ट

अक्षय अभिनित फिल्म 'रक्षाबन्धन'को ट्रेलरमा बहिनीको बिहे गर्न दाईले गर्नुपरेको संघर्षको कथा

अक्षय कुमार अभिनित फिल्म ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरमा भारतीय समाजको बिहेको वर्तमान अवस्थालाई देखाइएको छ।

अक्षयले ट्वीटरमा फिल्मको ट्रेलर सेयर गर्दै लेखेका छन्, ‘जहाँ परिवारको माया हुन्छ, त्यहाँ हरेक बाधा अवरोधको समाधान हुन्छन्।’

अक्षयको पात्रले बहिनीको बिहे गर्नका लागि गर्नु परेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ।

आनन्द एल रायको निर्देशन रहेको फिल्ममा अक्षयका साथै भूमि पेडनेकर, सादिया खातिब, दीपिका खन्ना, स्मृति श्रीकान्त र साहिजमान कौर लगायतका कलाकारको अभिनय छ।

निर्देशक रायकै लेखन रहेको फिल्म आगामी अगस्ट ११ गते प्रदर्शन हुँदैछ। यो फिल्म आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ सँग भिड्दैछ।

हालै अक्षयकुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ प्रदर्शन भएका थिए। तर, यी फिल्महरू बक्सअफिसमा सफल हुन सकेनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell