PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

इलोन मस्ककी १८ वर्षीया छोरीले तोडिन् बुबासँगको सम्बन्ध



पहिलोपोस्ट

इलोन मस्ककी १८ वर्षीया छोरीले तोडिन् बुबासँगको सम्बन्ध
Photo: Mike Blake/Reuters

विश्वकै धनाढ्य इलोन मस्ककी १८ वर्षीया छोरीले आफ्ना अर्बपति बुबाबाट अलग हुन कानुनी रूपमा आफ्नो नाम परिवर्तन गर्न निवेदन दिएकी छिन्। उनले पेश गरेका कानुनी कागजातहरु सोमवार सार्वजनिक भएका थिए।

नाम परिवर्तन गर्न र नयाँ जन्मदर्ता प्राप्तिका लागि दिएको निवेदनमा उनले भनेकी छिन्, ‘म अबदेखि मेरा बुबासँग बस्दिनँ र कुनै पनि हिसाबले उहाँसँग सम्बन्ध राख्न चाहन्न।’

मस्ककी छोरीले १८ वर्ष पुगेपछि आफ्नो लिङ्ग पहिचानलाई पनि पुरुषबाट महिलामा परिवर्तन गरेकी छिन्। १८ वर्षको उमेर क्यालिफोर्नियामा ‘एज अफ कन्सेन्ट’ हो।

मस्ककी छोरीले कागजातहरू गत अप्रिलमा सान्टा मोनिकाको लस एन्जलस काउन्टी उच्च अदालतमा दायर गरेकी थिइन्। ति कागजातहरु हालै अनलाइन मिडिया रिपोर्टहरूमार्फत प्रकाशमा आएका हुन्।

उनको नयाँ नाम अनलाइनमा प्रकाशित कागजातमा छोपिएको छ। जस्टिन विल्सन उनकी आमा हुन्। विल्सन इलोनसँग सन् २००० देखि २००८ सम्म वैवाहिक सम्बन्धमा थिइन्। त्यसपछि उनीहरुबिच सम्बन्धविच्छेद भएको थियो। मस्क र विल्सनका पाँच सन्तान छन्। मस्क र गायिका ग्रिम्सका पनि दुई सन्तान छन्।

विल्सनले मंगलवार एक ट्वीटमार्फत आफूले आफ्नी छोरीप्रति गर्व गर्ने बताइन्।

छोरी र टेस्ला तथा स्पेसएक्सका मालिक मस्कबिचको दरारको बारेमा थप जानकारी आएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell