PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

चुनावी नारा बन्दै आएको पोखरा बसपार्कलाई सिटी बसपार्क बनाइने, महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ



पहिलोपोस्ट

चुनावी नारा बन्दै आएको पोखरा बसपार्कलाई सिटी बसपार्क बनाइने, महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ

पोखरा : लामो समयदेखी चुनावी नारा बन्दै आएको छ पोखरा बसपार्क। २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले व्यवस्थित बसपार्क बनाउने निर्णय गरेसँगै चुनावी नारा बन्दै आएको थियो पोखरा बसपार्क। त्यससमय समितीले बसपार्कका लागि वडा नम्बर ९ स्थित पृथ्वीचोकमा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर,व्यवस्थित बसपार्क बनाउने योजना अन्यौलमा नै रह्यो।

अघिग्रहण गरेर राखेको जग्गा खुम्चिएर २५ रोपनीमा झर्‍यो। बसपार्क क्षेत्र सुकुम्बासी बस्तीले भरियो। पटक–पटक चुनावी घोषणा पत्रमा बसपार्क निर्माण समेटियो। मानबहादुर जिसी नेतृत्वको स्थानीय सरकारले पनि नीति तथा कार्यक्रममा समेटेको थियो पोखरा बसपार्क निर्माणकार्य। तर, वार्षिक बजेटमा समेत रकम विनियोजन भएता पनि निर्माणकार्य अघि बढ्न भने सकेन। अव्यवस्थित रुपमा बसेको सुकुम्बासी बस्ती नै बसपार्क निर्माणको बाधक बन्यो। जुन बस्ती निर्णायक हो जनप्रतिनिधि हराउने र जिताउनेमा।

महानगरको एक समस्यामध्येको बसपार्क निर्माणकार्यलाई प्रमुख धनराज आचार्यले पनि नीति तथा कार्यक्रममा समेटेका छन्। तर, उनले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो योजनालाई फरक रुप दिएर अगाडि बढाउन खोजेका छन्। चुनावी घोषणा पत्रमा उल्लेख गरे बमोजिम नै प्रमुख धनराजले आज पोखरा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। जसमा पोखरा बसपार्कलाई सिटी बसपार्कको रुपमा निर्माण गरिने भएको छ।

‘पृथ्वीचोक स्थित बसपार्कको क्षेत्रफल एकीन गर्ने, अव्यवस्थित वसोवासीलाई उपयुक्त स्थानमा बहुतले भवन निर्माण गरि स्थानान्तरण गर्ने र सिटी बसपार्कको रुपमा निर्माण गर्न बिस्तृत संभाव्यता अध्ययन गरिनेछ,’ प्रमुख धनराज आचार्यले भने।

जुन योजनाका साथ पोखरा बसपार्क निर्माण गर्ने भनिएको थियो त्यसलाई वडा ३२ को लामेआहालमा सारिने भएको छ।

हिमा गृह र रत्न मन्दिर खोल्न पहल

यस्तै पोखरा महानगरले पर्यटक र सर्वसाधारणका लागि बन्द भएको गौरीघाटमा स्थित हिमा गृह र रत्न मन्दिर खोल्न पहल गर्ने भएको छ।

‘पोखरा महानगरले प्रदेश सरकारसँगको समन्वयमा बैदाम स्थित हिमा गृह र रत्न मन्दिर व्यावसायिक तवरले खुला गर्ने र पर्यटक प्रवर्द्धनमा सहयोग पुर्‍याउन पहल गरिनेछ। उहिलेको पोखराको स्मरण हुने गरी एक साँस्कृतिक ग्राम निर्माण गर्न अध्ययन सुरु गरिनेछ,’ कार्यक्रममा उल्लेख छ।

बारीदेखि बजारसम्मः गोठ देखि ओठसम्म

यस्तै महानगरले कृषि भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्म : गोठ देखि ओठलागीको कार्यक्रम संचालन गर्ने भएको छ।

 ‘कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्मः गोठ देखि ओठसम्म अभियान संचालन गरिनेछ। कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिनेछ। कृषि उपजको उचित मूल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गरिनेछ,’ कार्यक्रममा उल्लेख छ।

जन्मेको दुईवर्षसम्म पोषण भत्ता

महानगरले न्यून आयका भएका र सीमान्तकृत नागरिकहरुलाई जन्मेको २ वर्षसम्म पोषणभत्ता उपलव्ध गराउने कार्यक्रम लिएर आएको छ।

‘जन्मदर्तालाई सुत्केरी पोषणसँग अन्तरसम्बन्धित गरि ६ महिनासम्म न्युन आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ। यस अन्तर्गत कानूनले तोकेको म्यादभित्र व्यक्तिगत घटना दर्ता गर्ने विपन्न, न्युन आय भएका र सीमान्तकृत नागरिकहरुलाई जन्मेको २ वर्षसम्म पोषणभत्ता उपलव्ध गराउने र विवाह तथा मृत्यु दर्ता वापत प्रोत्साहन रकम उपलब्ध गराइनेछ,’ कार्यक्रममा उल्लेख छ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण

यस्तै महानगरले लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि पनि कार्यक्रम लिएर आएको छ। महानगरभित्र लैंगिक समानता, समाजिक समावेशीकरण र समतामूलक समाज निर्माणका लागि योजना महानगरले लिएर आएको हो। त्यस्तै, महिला हिंसा विरुद्धका कार्यक्रमहरुमा पुरुषहरुको ऐक्यवद्धता कायम गरी महिला हिंसा न्यूनीकरण गर्न महिला हिंसा विरुद्ध महिला पुरुष समसचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ।

महिला क्षमता विकास गरि आर्थिक स्थितिमा सुधार गर्न विगत आर्थिक वर्ष देखि संचालित उप प्रमुखसंग महिला कार्यक्रमलाई पनि महानगरले निरन्तरता दिने भएको छ। महानगरले आपतकालिन अवस्थाका महिलाहरुको तत्कालै उद्धार गर्ने व्यवस्था मिलाई त्यसका लागि राहत, उद्धार र पुनर्स्थापन कार्यक्रम संचालन गर्ने कार्यक्रम लिएर आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell