PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

घुस ‘डिल’ प्रकरणमा मुछिएका न्यायाधीश र अधिवक्तामाथि छानबिन गर्न तीन सदस्य समिति गठन



पहिलोपोस्ट

घुस ‘डिल’ प्रकरणमा मुछिएका न्यायाधीश र अधिवक्तामाथि छानबिन गर्न तीन सदस्य समिति गठन

काठमाडौं : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न न्याय परिषद्ले छानबिन समिति बनाएको छ।

आज दिउँसो बसेको परिषद्को बैठकले रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति बनाएको हो। श्रेष्ठ न्याय परिषद् सदस्य समेत हुन्।

त्यस्तै, नेपाल बार एसोसिएसनले पनि घटनाको छानबिन गर्न माग गरेको छ। बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको मुद्दा धरौटीमा रिहा गर्न रकम लेनदेनको ‘डिल’ भएको सार्वजनिक भएको थियो।

अडियोमा न्यायाधीश राजकुमार कोइराला र अधिवक्ताले १० करोड धरौटीमा तामाङलाई छोड्ने र दुई करोड रुपैयाँ राख्‍ने कुरा भएको थियो। तर, कोइरालाले घटना बाहिरिए बर्बाद हुने भन्दै प्रधान न्यायाधीशसहितको संकेत मिलेमा धरौटीमा रिहा गर्ने बताएका थिए। जिल्ला अदालतले गत पुसमा तामाङलाई पूर्पक्षको लागि थुनामा पठाउन आदेश गरेको थियो।

बारले उक्त प्रकरणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै न्यायापालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीबाट हुने अवाञ्छित गतिविधिको निन्दा गरेको छ। बारले सार्वजनिक अडियो समाचारको आधिकारिकता छानबिन गर्न र कसैको संलग्नता पाइएमा कानुनी दायरामा ल्याउन सम्बन्धित नियमनकारी निकायसँग माग गरेको छ।

त्यस्तै वार काउन्सिलले पनि घटनाबारे वकिल माथि छलफल गर्न समिति गठन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell