PahiloPost

Jul 4, 2022 | २० असार २०७९

अपहरण गरी फिरौती माग गरेको अभियोगमा हेटौँडाका तीन युवक प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

अपहरण गरी फिरौती माग गरेको अभियोगमा हेटौँडाका तीन युवक प्रहरीको नियन्त्रणमा

हेटौँडा : मकवानपुर प्रहरीले अपहरण गरेर फिरौती माग गरेको अभियोगमा हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौँडा-१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले हेटौँडा-१० स्थित ट्राभल होटल एण्ड लजको कोठा नम्बर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले  पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फोन सम्पर्क गर्न लगाई पैसा माग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार उनीहरुले अमनलाई गत जेठ २९ गतेदेखि उक्त होटलमा बन्धक बनाई राखेका थिए।

पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell